अमेरिकामा एक नेपाली महिलाको रहस्यमय मृत्यु पुरा समाचार पढ्न क्लिक गर्नुहोस

5:30 PM

ओएस नेपाल, क्यालीफोर्नीया । सन् २०१४ मा डिभी परेर श्रीमान नरेश प्रसाई र एघार बर्षको छोरा निसम र पाँच बर्षिया छोरी निष्ठा सहित अमेरिका छिरेकी मनुले सुनदर सपना सजाएकी थिइन्, अब त अमेरिका आइपुगीयो सबै दुख र झन्जटबाट मुक्ति मिल्छ ।


तर हुने हार दैव नटार भनेझै ४३ वर्षको कलिलै उमेरमा उनी भगवानकी प्यारी भइन् र अल्पायुमा नै साना नानीहरु र प्राणभन्दा प्यारा श्रीमानलाई परवासमा छोडेर गइन् ।

गत १३ अगष्टमा उनको मृत्यु भएको पारिवारिक स्रोत जनाउँछ । ११ तारिखका दिन छोरीको जन्मदिन मनाएकी मनुलाई १२ तारिखमा सामान्य समस्या देखिएर अस्पताल गए पनि उनको मृत्यु भोलीपल्ट हुन पुग्यो । जुन रहस्यमय पनि रह्यो ।

नेपाल पाँचथर घर भई बिगत २ वर्षदेखि अमेरिकाको न्युहाम्सेयर राज्यमा स्थायी रुपमा बसोबास गर्दै आइरहेका थिए । अस्पताल सुत्रका अनुसार मृतक मनुलाई ब्रेन स्ट्रोक भएको बताइएको छ । मनुको मृत्युसँगै अस्पताल परिसरमा ठुलो संख्यामा नेपालीहरु जम्मा भएका थिए ।

You Might Also Like

0 comments

Popular Posts

Like us on Facebook

Flickr Images