कैलालीमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु, चालकसहित ९ जना घाइते क्षतिको विवरण आउन बाँकी पुरा समाचार पढ्न क्लिक गर्नुहोस

11:53 PM

साउन २८, कैलालीमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने अन्य ९ जना घाइते भएका छन् ।

गएराति १ बजेतिर कैलालीको सहजपुर ९ मारभट्टी मोडमा दीपायलबाट धनगढी आउँदै गरेको ना ६ ख १६९१ नम्बरको यात्रुुवाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय फल्टुुडेका प्रहरी निरीक्षक दानबहादुर रोकायाले उक्त दुर्घटनामा परि डोटी वासुुदेवी १ का योगेन्द्र विक र सीबी लुहारको मृत्यु भएको जानकारी दिएका छन् ।

घाइतेहरु मध्ये सात जनाको अत्तरियास्थित पदमा अस्पताममा उपचार भइरहेको छ भने गम्भीर घाइते बसका चालक अत्तरिया नगरपालिका ४ का २८ वर्षीय शेरबहादुर कडायत र सोही ठाउँ बस्ने ३५ वर्षीय महाविर कडायतलाई थप उपचारका लागि भारतको बरेली रेफर गरिएको छ ।

You Might Also Like

0 comments

Popular Posts

Like us on Facebook

Flickr Images