सहिद घोषणा गर्न मधेसी मोर्चाले बुझायो ६८ जनाको नाम, सूचीमा भारतीय नागरिक पनि

5:26 PM

काठमाडौं, ३० साउन । मधेसी मोर्चासहितको संघीय गठवन्धनले सहिद घोषणा गर्न भन्दै सरकारलाई ६८ जनाको नामावली बुझाएको छ । गृहमन्त्री विमलेन्द्र निधिलाई गठबन्धनले आइतबार नामावली बुझाएको हो ।

मधेस आन्दोलनमा मारिएका ४८ जनाको नाम सरकारलाई बुझाइएको सूचीमा छ । यसैगरी टीकापुरमा र महोत्तरीमा मारिएका १२ जना प्रहरीको नाम पनि गठबन्धनले सहिद घोषणाका लागि सरकारलाई बुझाएको छ ।

मधेसी मोर्चाले वीरगञ्जमा मारिएका भारतीय नागरिक आशिष रामलाई पनि सहिद घोषणा गर्न सरकारलाई सिफारिस गरेको छ ।

सरकारले गठबन्धनले बुझाएको सूची र उसका मागबारे छिट्टै आवश्यक निर्णय लिने बताएको छ । गृहमन्त्रालयमा आइतबार भएको वार्तामा मन्त्री निधिले छिट्टै माग पूरा गर्ने आश्वासन दिएको मोर्चाका नेता केशव झाले बताए ।

मधेस आन्दोलनमा मारिएकाहरुलाई सहिद घोषणा गर्ने, घाइतेहरुलाई १०–१० लाख रुपैयाँ राहत दिने, घाइतेहरुको निःशुल्क उपचार गर्ने, राजनीतिक सहमतिका आचधारमा संविधान संशोधन गर्ने लगायतका सर्तमा गठबन्धनले वर्तमान कांग्रेस–माओवादी सरकारलाई समर्थन गरेको थियो ।

You Might Also Like

0 comments

Popular Posts

Like us on Facebook

Flickr Images