प्रचण्डलाई जेल हालेर देखाउने देउवा र ओलीको यस्तो ‘गेम प्लान’ रहेको खुलासा

8:51 PM

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सनसनीपूर्ण गोप्य तयारीको खुलासा गरेका छन् । सोमबार पार्टीका शीर्ष नेताहरुसँगको परामर्शमा देउवाले नेपाली राजनीतिमा भइरहेको भयंकर गोप्य तयारीको खुलासा गरेका हुन् । परामर्शका क्रममा उनले पछिल्लो विकसित राजनैतिक घटनाक्रमबारे जानकारी गराउँदै एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जेल हाल्ने तयारी भइरहेको बताएका थिए ।

‘हिजो जंगलबाट उठाएर ल्याएका प्रचण्ड आज नेपाली राजनीतिमा एकाएक हिरो बन्दैछ, प्रचण्डलाई धेरै समय खुल्ला छाड्यो भने कांग्रेस सखाप हुन सक्छ’ शीर्ष नेतासँग उनले भनेका थिए, ‘प्रचण्डलाई ठीक पार्ने एउटै मात्र उपाय भनेको जेल हाल्ने हो, म अहिले त्यसैको तयारीमा छु, तपाईहरुले पनि साथ दिनुपर्छ ।’
प्रचण्डलाई जेल हाल्न गरेको तयारीकै क्रममाले उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत भेटघाट गरि सल्लाह गरेको बताए । ओली यो विषयमा सहमत नभएको उनको भनाई थियो । तर प्रधानमन्त्री ओलीलाई अन्तिमसम्म कन्भिन्स गर्ने उनले बताए ।
पछिल्लो पटम सरकार परिवर्तनको विषयमा प्रचण्डले धोका दिएको भन्दै उनले प्रचण्डलाई अब विश्वास गर्न नसक्ने समेत बताएका थिए । गोप्य छलफलमा उपस्थित कांग्रेस नेताहरुले प्रचण्डलाई एक रात भए पनि जेल भित्र हुल्नुपर्ने बताएका थिए ।
‘देउवाको तयारी बाहिर आयो भने राजनीतिमा तरंग फैलिने निश्चित छ, कि प्रचण्ड सिद्धिन्छ कि देउवा । प्रचण्डको अगाडि देउवाले केही गर्न सकिन्न भन्ने हाम्रो अनुमान हो ।’छलफलमा सहभागी एक नेताले खबरटाइम्सलाई नाम नछाप्ने शर्तमा भने । द्वन्द्वकालीन मुद्दाको अभियोगमा प्रचण्डलाई जेल हाल्ने उनको तयारी रहेको बुझिएको छ । खबरटाइम्सबा

You Might Also Like

0 comments

Popular Posts

Like us on Facebook

Flickr Images