हतियारधारीले मलेसियामा एक नेपालीलाई तीन तला माथिबाट खसालिदिए>>>see

8:46 PM

काठमाडौँ, २२ साउन - हतियारधारी समुहले मलेसियामा एक नेपालीलाई तीन तला माथिबाट खसालेर हत्या गरेका छन्।

शुक्रबार दिउँसो करीब १२ बजे सुनसरीको इटहरी घर भएका ३२ वर्षीय नगेन्द्र चौधरीलाई हत्या गरेका हुन्।


नेपालीहरु बस्ने होस्टेल
जोहोरवारुको पासिरगुडाङआयरविरुमा रहेको एक कम्पनीमा उनी कार्यरत थिए। होस्टलमा सुतीरहेका चौधरीलाई मोटरमा आएका दुईजना हतियारधारी समूहले होस्टलको तीनतला माथिबाट फालिदिएका थिए। चौधरीको घटनास्थलमै मृत्यु भएको कम्पनीमा कार्यरत प्रकाश बस्नेतले जानकारी दिएका छन्।

उनीहरु मोटरमा चढेर आएका थिए रे तर नम्वर टिप्न सकिएन, उनले भने। घटना के कारणले भएको हो थाहा हुन सकेको छैन। तेल उत्पादन हुने उक्त कम्पनीमा ८० जना नेपालीहरु कार्यरत छन्। चौधरीको हत्यापछि कम्पनीमा कार्यरत सबै नेपालीहरु शोकाकुल भएका छन्।

घटनास्थलबाट प्रहरीले शवलाई लिएर गएको छ।

You Might Also Like

0 comments

Popular Posts

Like us on Facebook

Flickr Images