भित्र सरकार ढाल्ने बहस, बाहिर भ्रष्टाचारविरुद्ध नाङ्गो शरीर र कालोकट्टुमा प्रदर्शन
12:29 AM![]() |
चिकित्सा सेवामा बढदो राजनीति र यसको सुधारका लागि आठौं पटक अनशनमा बसेका प्राध्यापक डाक्टर गोविन्द केसीको समर्थनमा युवाहरुले ¥याली निकालेका हुन् ।
अन्य प्रदर्शन भन्दा पृथक रहेको यो प्रदर्शनमा दृष्टिविहिन युवाहरुले नाङ्गो शरीर भरि लेखेर भ्रष्टाचार अन्यको माग गरेका थिए । डा.केसीले अघि सारेको स्वास्थ्य शिक्षा सम्बन्धि मागहरु शरीरभरी लेखिएका थिए । केसीको माग र अनशनका विषयमा संसदमा कुरा उठाउनुपर्ने समेत युवाहरुले माग गरेका छन् ।
भ्रष्टाचार डा केसीको मागमा सम्बोधन गर्नुपर्ने भन्दै माइतिघर मण्डलाबाट निकालिएको ¥याली नयाँ बानेश्वर पुगेर कोणसभामा परिणत भएको थियो । त्रिवि शिक्षण अस्पतालका बरिष्ठ चिकित्सक डा. केसी ८ औं पटक एउटै माग उठाएर १४ दिनदेखि आमरण अनसनमा बसेका छन्
![]() |

0 comments