ओली सरकारको निरन्तरता माग्दै चितवनमा पनि सडकमा उत्रिए युवाहरु
8:05 PM![]() |
नेपालको राष्ट्रिय झण्डा सहित भरतपुरको चौविसकोठी चोकबाट शुरु भएको र्याली लायन्सचोक, पूल्चोक गैडाकोट काँग्रेसचोकबाट फार्किएर पोखरा वसपार्क नारायणगढ, आपटारी, मालपोत चोक हुदै पुनः चौविसकोठीमा आएर समापन भएको थियो ।
युवाहरुले भारतको इशारामा देशमा राष्ट्रवादी प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदबाट हटाउने षडयन्त्र रचिएको भन्र्दै केपी ओलीको पक्षमा नारावाजी लगाएका थिए । ‘जनताको बोली केपी ओली, केपी ओलीलाई काम गर्न दे’ जस्ता नारा लगाएका थिए ।
र्याली सहभागी युवा शंकर अधिकारीले देश र जनताको पक्षमा केपी ओलीले गरेको काम प्रशसनिय रहेको भन्दै यत्तिको प्रधानमन्त्री देशले अहिलेसम्म नपाएको वताउनुभयो ।
२४ कोठीचोकलाई केपी ओली चोक घोषणा
र्यालीपछि आयोजित समापन कार्यक्रममा युवा नेता रामप्रसाद न्यौपानेले भरतपुरको चौविसकोठी चोकलाई केपी ओली चोक घोषणा गरेका छन् ।
राष्ट्रवादी नेता केपी ओली नेपाली जनताको ढुकढुकी भएकोले देशको मध्यभाग सर्वाधिक महत्वको जिल्ला चितवनको केन्द्र चौविसकोठी चोकलाई केपी ओली चोक घोषणा गरिएको वताए । ‘अव यसलाई हामी नयाँ ढंगले परिभाषित गर्न चाहान्छौं’ नेता न्यौपानले भने, ‘यसले चितवनको पनि प्रतिष्ठा बढाउने छ ।’
नेता न्यौपानले समापन समारोहमा चौविसकोठी चोकलाई केपी ओली चोक घोषणा गर्दा युवाहरुले ताली बजाएर सर्मथन जनाएका थिए ।
![]() |

0 comments