फास्ट ट्रयाक के हुन्छ ? प्रचण्डसँग प्रधानमन्त्रीले मागे जनताले सुन्नेगरी जवाफ

7:35 AM

काठमाडौं, ९ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले आफै बनाउने घोषणा गरेको काठमाडौं–निजगढ फाष्ट ट्रयाको भविष्यबारे चिन्ता व्यक्त गर्नुभएको छ ।
व्यवस्थापिका संसदलाई सम्बोधन गर्ने क्रममा भावी प्रधानमन्त्री प्रचण्ड तर्फ संकेत गर्दै उहाँले भन्नुभयो– ‘काठमाडौं–निजगढ फाष्ट ट्रयाकको भविष्य के हुन्छ ? केरुङ–काठमाडौं रेलसेवा के गर्नुहुन्छ ?’
जनताले सुन्नेगरी प्रश्न सोधेको र जवाफ पनी जनताले सुन्ने गरी नै दिनुपर्ने भन्दै उहाँले अगाडि भन्नुभयो– हुलाकी राजमार्गलाई पुरानै नियतिमा फर्काउनुहुन्छ कि अघि बढाउनुहुन्छ ? जनताले सुन्ने गरी सोधेको छु, जनताले सुन्ने गरी नै जवाफ चाहिन्छ ।’

You Might Also Like

0 comments

Popular Posts

Like us on Facebook

Flickr Images