फ्रान्समा अर्को शोक, ८० मारिए
8:08 PM![]() |
फ्रान्सका आन्तरिक मामिला मन्त्री बर्नार्ड क्याजेनोभाले ८० जना मारिएको र १८ जनाको अवस्था गम्भीर रहेको जानकारी दिएका छन् ।
अन्धाधुन्दा ट्रक चलाएका ति व्यक्तिलाई प्रहरीले गोली हानी मारेको छ । मारिनुअघि उनले गोली चलाएको बताइएको छ ।
बिहानै राष्ट्रका नाममा सम्बोधन गर्दै फ्रान्सका राष्ट्रपति फ्रान्स्वा होलान्डेले पेरिस आक्रमणपछि लगाइएको ८ महिने संकटकालको अवधी ३ महिना बढाइएको घोषणा गरे ।
‘यो नयाँ शोकले फ्रान्समा निराशा भरिएको छ’, उनले भने । राष्ट्रपतिले आक्रमणमा आक्रमणमा परी धेरै बालबालिकाले समेत ज्यान गुमाएको भन्दै यसलाई आतंकवादको संज्ञा दिए ।
![]() |

0 comments