ओली सरकार संकटमा, माओवादी सरकारबाट बाहिरियो : २ बजे पत्रकार सम्मेलन>>>see
1:57 AM![]() |

स्रोतका अनुसार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओली सरकारलाई दिएको समर्थन फिर्ता लिएको भन्दै आफ्ना नेताहरुलाई जानकारी दिएका छन् ।
ओली सरकारबाट आफू बाहिरिएको सार्वजनिक गर्न २ बजे पत्रकार सम्मेलनको आयोजना गरेको सो पार्टीकी प्रवक्ता पम्फा भुसालले मिडिया एनपीलाई जानकारी दिइन ।
माओवादी केन्द्रले आफू सरकारबाट बाहिरिएको जानकारी मन्त्रिपरिषद् कार्यालयलाई जानकारी गराएको छ । सरकारबाट बाहिरिनु परेका ३ कारण संविधान कार्यान्वयन, पुनर्निर्माण तथा शान्ति प्रक्रिया र मधेश आन्दोलन उल्लेख गर्दै माओवादी केन्द्रले मन्त्रिपरिषद्लाई जानकारी गराएको छ ।
यस्तै सरकारलाई दिएको समर्थन फिर्ता लिने सहितको पत्र माओवादी केन्द्रका नेता हितमान शाक्य र जनार्दन शर्माले प्रधानमन्त्री ओलीलाई बुझाएका छन् ।
![]() |

0 comments