भारतीय मिडिया लेख्छ- ‘ओली की विदाई भारत के लिए गुड न्यूज’ ओलीजति नसकेका नरेन्द्र मोदीलाई राहत

1:33 AM

काठमाडौं, १० साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएको खबरलाई भारतीय मिडियाले ‘गुड न्यूज’ भनेका छन् ।
भारतीयहरुले ओली नेपालको सत्ताबाट हट्नु भारतको खुसीको खबर भएको टिप्पणी पनी गरेका छन् । ओलीले नेपालको सत्ता सम्हाल्दा भारतसँगको सम्बन्धमा निकै कमी आएको र चीनतिर सम्बन्ध बढाएकाले ओली हट्नु भारतका लागि सुखद भएको समाचारमा उल्लेख छ ।
ओली हटेपछि अब काठमाडौंमा प्रचण्डको नेतृत्वमा माओवादी र नेपाली कांग्रेस सरकार बन्ने बाटो खुलेको र यो सरकार भारतको हितमा हुने पनी भनिएको छ । भारतीयहरुले ओली सरकार ढल्नुको मुख्य कारण भारतसँग दुरी बढाउनु र चीनसँग सम्बन्ध बढाउनुलाई मानेका छन् ।
भारतको संस्थापन पक्षीय पत्रिका नवभारत टाइम्सले यो खबर लेखेको छ । उसले मधेसको समस्या समाधान गर्न नसकेको, भूकम्प पुनर्निर्माण गर्न नसकेको र अति राष्ट्रवादका कारण भारतप्रति नेपालीमा विरोधी भावना तथा चीनप्रति सहानुभुति बढेकाले ओली सत्ता छाड्न बाध्य भएको उल्लेख गरेको छ ।

You Might Also Like

0 comments

Popular Posts

Like us on Facebook

Flickr Images